|

हेटौंडा : नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक सल्लाहकार चयन भएका छन्।

पाण्डेले प्रदेशको अवैतनिक सल्लाहकार र विज्ञ नियुक्ति सम्बन्धी कार्यविधी २०७८ अनुसार अवैतनिक सल्लाहकार नियुक्त गरेका हुन्।

प्रदेश सरकारबाट हुने कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सल्लाह सुझावको लागि सुमार्गीलाई सल्लाहकार चयन गरिएको जनाइएको छ। फागुन ५ गते बसेको मन्त्रिपरिषद्‍ बैठकले आवश्यक परेको खण्डमा अवैतनिक सल्लाहकार चयन गर्नसक्ने निर्णय गरेको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.