|

तोक्यो : उत्तरी जापानको फुकुसिमा तटीय क्षेत्रमा बुधबार राति गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी चारजनाको मृत्यु हुनुका साथै सयभन्दा बढी घाइते भएका छन्।

जापानका प्रधानमन्त्री फुमियो किसिदाले बिहीबार बिहान संसद्‌को बैठकमा भूकम्पमा परी चारजनाको ज्यान गएको र ९७ जना घाइते भएको जानकारी दिएका छन्।

स्थानीय समयअनुसार राति ११:३६ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु समुद्रको ६० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ।

यो क्षेत्र उत्तरी जापानको भाग हो। सन् २०११ मा पनि यो क्षेत्रमा नौ म्याग्निच्युडको भूकम्प गएको थियो र भूकम्पपछि आएको सुनामीले ध्वस्त पारेको थियो। भूकम्पका कारण आणविक प्रकोप पनि परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.