|

काठमाडौं : सरकारले नेपाल मेडिकल काउन्सिलको नियमावली संशोधन गरेको छ। संशोधित नियमावलीअनुसार अब विदेशी विद्यार्थीले पनि मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिन पाउने छन्।

काउन्सिलको संशोधित नियमावलीमा इन्टर्नसिप, तालिम, बैठकलगायत विषयमा संशोधन गरिएको छ। औषधि दर्तासम्बन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या थपिएको छ।

सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संशोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संशोधन नियमावली) २०७८ जारी गरेको छ। यी दुवै नियमावली फागुन २६ गते राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.