|

सामान्यतः हरेक फिल्मको बक्स अफिस कलेक्सन सबैभन्दा धेरै पहिलो सातामा नै हुन्छ। अपवादबाहेक हरेक फिल्मले प्रदर्शनमा आएको सुरुका तीन दिन सबैभन्दा धेरै कमाइ गर्छन्। गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ भने यस्तै अपवाद बनेको छ।

प्रचारप्रसारमा फिल्म क्षेत्र र मिडियाको साथ नहुँदा द कश्मीर फाइल्सले कम शोका साथ प्रदर्शन सुरु गरेको थियो। बलिउडका हरेक फिल्म औसतमा पाँच हजारभन्दा बढी स्क्रिनमा एकसाथ प्रदर्शन हुने गर्छन्। दंगल, बाहुबली २ जस्ता व्यावसायिक रंपमा भारतका सबैभन्दा सफल फिल्मले नौ हजार स्क्रिनमा एकसाथ प्रदर्शन थालेका थिए। 

गत सातादेखि प्रदर्शनमा आएको द कश्मीर फाइल्सले भने पहिलो दिन जम्मा ७०० स्क्रिन पाएको थियो। कम शो पाउँदा पनि पहिलो दिन साढे तीन करोड रुपैयाँको बक्स अफिस कलेक्सन गरेको थियो। यो आँकडा हरेक दिन बढ्दो छ। आठौँ दिनमा झण्डै २० करोड रुपैयाँको कलेक्सन गर्दै सय करोड क्लबमा प्रवेश गरेको थियो। 

फिल्मले दोस्रो सातामा पहिलो साताको तुलनामा झन् धेरै कमाइ गर्ने लगभग पक्का देखिएको छ। शनिवार भारतमा मात्रै १२ करोडभन्दा बढीको प्रि बुकिङ भइसकेको छ। फिल्मले प्रि बुकिङभन्दा कम्तीमा पनि दोब्बर कमाइ गर्ने गरेका छन्। यसबाट पनि शनिवार फिल्मले बक्स अफिसमा उछाल आउने अनुमान गरिएको छ। 

फिल्मले ब्यापक सफलता पाएपछि यसलाई मलयालम, तेलुगु, तमिल, कन्नड भाषामा पनि डबिङ गर्ने तयारी भइरहेको छ। दोस्रो हप्तामा फिल्मको शो पनि बढेर चार हजार पुगेको छ। शुक्रवारदेखि फिल्म नेपालमा पनि प्रदर्शन भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.