|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई जिरोमा झार्नुपर्ने बताएका छन्। 

एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न आह्वान गरेका छन्।

‘केपी ओली दक्षिणपन्थी भएर पटकपटक प्रतिनिधिसभा विघटन गरे। त्यसको हामीले तल्लो तहसम्म भण्डाफोर गर्नुपर्छ‚’ खनालले भने‚ ‘ओली अवसरवादतिर लागे। आउने निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो कारबाही गर्नुपर्छ। बाकसमा जिरो मत बनाउनतिर लाग्नुपर्छ।’

ओलीलाई जिरो मतमा झार्न सके लोकतन्त्र र संविधानको रक्षा हुने उनको भनाइ छ।  

नेता खनालले चितवन र गोदावरीको कुम्भ मेलाबाट अवसरवादी गुटले कुनै कुराको विश्लेषण गर्न छाडिसकेको बताएका छन्। २०४९ मा मदन भण्डारीले सारेको युग एजेण्डा ‘जबज’मा अझै लागिरहेकाले अहिले कुनै एमाले एजेण्डाविहीन भएर अलमल परिरहेको दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.