|
फाइल तस्वीर

बैतडी : स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आइतबारदेखि शुरु भएको छ। भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ८१४ जना म्यादी प्रहरी भर्ना गरिनेछन्। दरखास्त दिएकाहरूको छनोट प्रक्रिया १५  चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण शुरु गरिनेछ।

छनोटका विभिन्न मापदण्डसमेत निर्धारण गरिएको छ। अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने, कुनै नैतिक पतन नभएको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारिरिक तथा मानसिक रूपले तन्दुरुस्त रहेको र सामान्य लेखपढ गर्न जान्ने हुनुपर्नेछ। 

छनोटमा पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन्। त्यसका लागि मासिक ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ। पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.