|

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ। 

दुबई क्रिकेट रंगशालामा नेपालले तेस्रो खेलमा घरेलु टोली युएईको सामना गर्न लागेको हो।  युएई र नेपालबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

आज युएईलाई हराउँदै नेपाल सिरिजमा दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको थियो।  दोस्रो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्द्वी हो। नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ५ पटक आमनेसामने भएका छन्। जसमा नेपालले २ पटक जित्दा यूएई ३ पटक विजयी भएको छ।

लिग टु मा कुल ७ टिम सहभागि रहेका छन्। नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ।

यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.