|

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सबै सामुदायीक विद्यालय खेल मैत्री हुनुपर्ने बताएका छन्। 

बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयको ३७ औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री गहतराजले स्थानीयस्तरबाट खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेल मैत्री हुनुपर्ने बताए।

सामुदायीक विद्यालयले खेलकुदको विकासका लागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै गहतराजले भने, ‘हाम्रा प्राय सबै समुदायीक विद्यालयहरु खेल मैत्री छन्। संस्थागत भन्दा सामुदायीक विद्यालयको आफ्नै खेल मैदान प्रयाप्त छन्, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयले अहम भुमिका निर्वाह गर्नुपर्छ।’

नेपाल सरकारले सामुदायिक विद्यालय सुधारका लागि विभिन्न योजनाहरु लागू गरेको उल्लेख गर्दै मन्त्री गहतराजले शैक्षिक सुधारका लागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.