|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेलवे अध्यादेश जारी गरेकी छन्। आज साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै रेलवे अध्यादेश जारी गरेको हो। 

रेलवे अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि कानुनी बाटो खुला भएको छ। तयारीबिना २०७७ साल असोजमा ल्याइएका दुईवटा रेल गत फागुन १ गतेदेखि ‘ड्राई रन’अर्थात् यात्रु नराखी खाली गुडाइरहेको छ।

दुईपटक जारी भएको अध्यादेशको समय गुज्रिएपछि यो समेत तेस्रोपटक अध्यादेश जारी भएको हो। सरकारले स्थानीय तहको चुनावअघि यही चैत्र महिनाभित्रै रेलको को औपचारिक उद्घाटन गरेर रेल चलाउने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.