|

बझाङ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बझाङ जिल्लामा १२ वटा दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ वटा दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो। आयोगले तोकेको समयमा जिल्लामा रहेका १२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन्।

गौतमका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, विवेकशील साझा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतान्त्रिक पार्टी लगायत १२ दल दर्ता भएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.