|

 काठमाडौं : घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ। तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो। 

यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

१५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो। उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय पाली खेले।

त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा शाकिब अल हसन १८ रनमा नटआउट रहे। अफ्रिकाका केशव महाराजले एकमात्र विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको अफ्रिका ३७ ओभरमा १५४ रनमा अलआउट भएको थियो। उसका लागि जानेमन मालनले ३९, केशव महाराजले २८ तथा ड्वाने प्रेटोरियसले २० रन जोडे।

बलिङमा बंगलादेशका तास्किन अहमेदले ५ तथा शकिब अल हसनले २ विकेट लिए। बंगलादेशले पहिलो खेल ३८ रनले जित्दा दक्षिण अफ्रिकाले दोस्रो खेल ७ विकेटले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.