|

काठमाडौं :  एसिया कप छनोटको तयारीमा रहेको नेपालले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग खेल्दैछ। 

थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन्। सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेल्न लागेका हुने। 

नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन्।  मैत्रिपूर्ण खेल अघिको प्रि म्याच कन्फरेन्समा उनले भने,  ‘यहाँको खेलबाट हामीलाई एसियन कप छनोटको तयारीमा निकै मद्दत पुग्नेछ। नेपाली टोलीको प्रशिक्षण सम्हालेयता थाइल्याण्ड आएको पहिलो पटक हो। र, म यहाँको यात्राबाट सन्तुष्ट छु।  नेपाली टोलीले प्रशिक्षणबाट पनि खुसी छु।’

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ। जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन्।  थाइल्यान्ड भने समूह सी मा छ। जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन्।

फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरणकुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ। हाल थाइल्यान्ड फिफा वरियताको ११२औँ स्थानमा छ भने नेपाल १६७औँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.