‘विचार र संगठनमा हामीसँग प्रतिस्पर्धा गर्ने पार्टी नै छैनन्’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई रोक्ने काम सह्‍य नहुने बताएका छन्। 

केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, ‘एमाले तालमेल र वाम एकताको विरोधी होइन। तर, वाम एकतालाई देखाएर पार्टीमा आएको जनलहरलाई कमजोर पार्न हुँदैन। स्थानीय तहमा तालमेल गर्न माथिल्लो तहको निर्देशन लिनको लागि हामीले खुला राखेका छौँ। पार्टीको ध्यान र कार्यकर्ताको ध्यान कथित तालमेल गरेर मोड्दैनौँ।’

उनले एमालेसँग वैचारिक सांगठनिक रूपमा प्रतिस्पर्धा गर्ने कुनै पार्टी नै नभएको दाबी गरे। ‘अब हाम्रो ध्यान भनेको स्थानीय तहको निर्वाचन नै हो। एउटै लय र एउटै तालको साथ जनताको सेवक भएर जनताको घरदैलोमा गएर समस्या बुझ्‍नतिर लाग्नुस्’ ओलीको भनाइलाई उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘गठबन्धनको नाममा पार्टीको मनोबल कमजोर बनाएको हुनसक्छ। त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्छ। पार्टीको प्रणालीलाई केन्द्रमा राखेर हामीले काम गर्नुपर्छ।’

ओलीले सार्वजनिक कार्यक्रममा ५ जना वक्ता राख्ने, मञ्चमा ५ जना मात्रै बोल्ने  माला खादा कम गराउन निर्देशनसमेत दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.