मन्त्रिपरिषद्‍ संविधानसम्मत छ : कोइराला

|

विराटनगर : नेपाली कांग्रेसका प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले साझा सहमति नबनेसम्म प्रदेशको नामकरण सम्भव नभएको बताएका छन्।

प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले जबसम्म साझा सहमति बन्दैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहने बताएका हुन्।

मही माग्दा ढुंग्रो लुकाउने कुनै आवश्यकता नरहेको बताउँदै उनले जबसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहँदैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहेको बताए।

‘प्रदेश सरकारले पहल गनुपर्‍यो प्रमुख प्रतिपक्षी दल एमालेलाई समेटेर के नाम राख्दा उचित हुन्छ के नाम राख्दा सबैले रुचाउँछन् त्यो किसिमको नाम राख्‍ने’ उनले भने,‘जसरी नेपालको संविधान राख्दा २००३ सालको आन्दोलनको उपलब्धि हुँदैहुँदै मधेश, जनजाति आन्दालन हुँदै  साझा दस्तावेजको रुपमा साझा राजनीति दलको भावनाको प्रतिनिधित्व  गरेको त्यस्तै सकैको साझा भावनालाई प्रतिनिधित्व गर्ने किसिमको नाम राख्न सकिन्छ।’

उनले यही हिउँदे अधिवेशनमा नामको टुंगो लगाउनसमेत अग्रह गरे। उनले अर्को प्रसंगमा गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूलो भए पनि संविधानविपरीत नभएको बताए।

सरकार मितव्ययी र पारदर्शी ढंगले चल्नु पर्नेमा जोड दिँदै  उनले प्रदेश सभाको शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीहरूले दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.