|

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।  बैठक दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने भएको छ। पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ।

यस्तै, बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र, गठबन्धनसँगको तालमेल लगायतका विषयमा पनि छलफल गर्ने मुख्यसचिव पौडेलले जानकारी दिए।  बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.