|
फाइल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासकै एक तानाशाह रहेको बताएका छन्। अध्यक्ष समाजवादी प्रेस संगठन नेपालको विस्तारित बैठकको समापन कार्यक्रममा नेपालले ओलीलाई रावण, कंश, शिशुपाल र हिटलरको चरित्रसँग ओलीको चरित्र दुरुस्तै मिल्नेसमेत बताए।

अध्यक्ष नेपाल ओलीप्रति कटाक्ष गर्दै भने, 'पौराणिक कथा रामायणमा रहेका रावणको प्रवृत्ति ओलीमा रहेको छ। कंशले के गरे? शिशुपालले सयवटा गल्ती के गरे? यतिसम्मको हिटलरले के-के गरे? भन्ने कुराको अध्ययन गरेर ओलीसँग तुलना गर्दा दुरुस्तै मिल्छ।'

प्रजातन्त्रको आवरणमा हिटलर तानाशाह मानिन्छन्। ओलीप्रति लक्षित गर्दै नेपालले प्रजातन्त्रले असल मान्छे मात्र निर्माण गर्दोरनहेछ भन्ने कुरा ओलीले प्रमाणित गरेको अध्यक्ष नेपालको टिप्पणी छ। 'कम्युनिष्टको आवरणमा तानाशाह जन्मिँदा रहेछन्, ती हुन् ओली', नेपालले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.