|

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी र  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितका नेताहरू बीच भेटवार्ता भएको छ।

अध्यक्ष दाहाल सहितका नेता र वाङ बीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय आपसी हितका विषयमा छलफल भएको बताइएको छ। 

भेटमा अध्यक्ष दाहालका साथै नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी थिए। 

वाङले आजै प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेका थिए। तीन दिने नेपाल भ्रमणका क्रममा गएको शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.