|

इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट दुई नयाँ टिमले सोमबार खेल्दै छन्। पहिलो खेलमा लखनउ सुपर जाइन्टस र गुजरात टाइटन्सबिच साँझ ७:३० मा प्रतिस्पर्धा गर्नेछन्।

वान्खडे मैदानमा हुने खेलमा दुवै टीमसँग अनुभवी खेलाडी रहेका छन्। गुजरातका लागि हार्दिक पांड्या तथा लखनउका लागि केएल राहुलले कप्तानी गर्नेछन्।

ब्याटिङका पिच भएकाले वानखडे मैदानमा १८० एभरेज स्कोरका रुपमा लिने गरिएको छ। इन्डियन प्रिमियर लिगमा २०११ पछि पहिलो पटक ८ टिमको स्थानमा १० टीमलाई सहभागि गराइएको छ। यसअघि २०११ मा पुर्णे वारियर्स र कोच्चि टस्कर्स केरलालाई सहभागी गराइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.