|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएका छन्। 

श्रीलंकामा जारी बंगालको सहयोगका प्रयास बिम्स्टेकको पाँचौं सम्मेलनमा भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण नेपाल सफल भएको बताएका हुन्।  उनले दीगो विकास र शान्तिको लागि बिम्स्टेकसहित निजी साझेदारको आवश्यकतामा जोड दिएका छन्। 

देउवाले सबै देशको एकआपसमा सहयोग आदानप्रदानले जस्तोसुकै प्राकृतिक विपदलाई परास्त पार्न सकिने धारणा बताए।  उनले दीगो विकास लक्ष्यलाई पूरा गर्नुपर्ने धारणा राख्दै भर्खरै मात्र अल्पविकसित देशबाट माथि उठेको देश नेपाललाई यो लक्ष्य महत्वपूर्ण भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.