|

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग छलफल गर्दैछ।

स्थानीय तह निर्वाचनको आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिवद्धता बारेमा छलफल गर्न विहान साढे ११ बजे ७९ दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। 

आजको छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ। दलहरूको प्रतिवद्धतापछि आयोगको बैठक बसेर आचारसंहिता लागू गर्ने मिति टुंगो लगाउने छ। तर कहिलेदेखि लागू गर्ने बारे टुंगो लागि नसकेको पौडेलले बताए। 

थाहाखबरसँग कुरा गर्दै पौडेलले भने, स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाएका छौ, दलहरूको प्रतिवद्धतापछि बैठक बसेर आचारसंहिताको टुंगो लगाउने छौं’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.