|

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति दुई चर्चित क्लब प्रतिस्पर्धा गर्दै छन्। साविक च्याम्पियन चेल्सीले घरेलु मैदानमा च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल म्याड्रिडको सामना गर्दै छ।

चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा राति १२:४५ मा हुने खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनलको आधार बलियो बनाउने लक्ष्यमा हुनेछ। त्यसो त पाहुना टोलीको रुपमा इंग्लिस मैदानमा भिड्दै गर्दा स्पेनिस जाइन्ट रियल पनि आफ्नो पछिल्लो उत्कृष्ट फर्मलाई निरन्तरता दिने प्रयासमा हुनेछ। 

चेल्सी पछिल्लो खेलमा ब्रेन्टफर्डसँग ४-१ ले पराजित भएकाले स्वाभाविक रुपमा केही दबाबमा छ। तर उ रियलविरुद्ध घरेलु समर्थकमाझ आफ्नो उत्कृष्ट छवि फिर्ता ल्याउने प्रयासमा हुने छ।

यो सिजन उच्च लयमा रहेको रियल करिम बेन्जमा, भिनिसियस जुनियरको जोडीमाथि भर परेको छ। चोटका कारण रियलले इडेन हाजार्ड र इस्कोलाई गुमाएको छ। 

गत सिजन यी दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा चेल्सीले समग्रमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश मात्र गरेन च्याम्पियन नै बन्न सफल भएको थियो। घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेको थियो।

चेल्सी च्याम्पियन्स लिगमा पोहोर सालकै लय कायम राख्ने प्रयासमा हुनेछ। पछिल्ला ४ खेलको नतिजामा रियल २ खेलमा विजयी हुँदा चेल्सीले एक खेल आफ्नो पक्षमा पार्न सफल भएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.