|

फ्रान्समा कोरोना भाइरसबाट दैनिक झण्डै २ लाख संक्रमित हुने गरेका छन्।

नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक संक्रमितको संख्या २ लाखभन्दा बढी पुगेको हो। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ३ हजार २१ जना संक्रमित भएका छन्।

फ्रान्समा आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले २ लाख ३ हजार १० जना संक्रमित अस्पतालमा छन्।

तीमध्ये १ हजार ५ सय ५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ। त्यसैगरी पछिल्लो एक दिनमा फ्रान्समा कोरोनाका कारण कम्तीमा १ सय ४० जनाको मृत्यु भएको छ।

यही मार्च २५ देखि ३१ सम्म दैनिक संक्रमित संख्याका आधारमा हेर्दा औसतमा १ लाख ३९ हजार ९ सय ६७ जना कोरोना संक्रमित छन्। फ्रान्समा रहेकामध्ये ८० दशमलव ९ प्रतिशतले कोरोनाविरुद्ध कम्तीमा एक मात्रा खोप लगाएका छन्। कुल जनसंख्याको ७९ दशमलव ५ प्रतिशतले पूर्ण खोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.