|

काठमाडाैं : शेयर बजार मापक नेप्से परिसूचक लगातार पाँचौ दिन पनि तल झरेको छ।

नेप्से परिसूचक पछिल्लो पाँच दिन यता लगातार रुपमा करिव १४० अंकले गिरावट आएको हाे।

बुधबार नेप्से परिसूचक २३.४१ अंकले घटेर २ हजार ४२८.६६ विन्दुमा झरेको हाे।

त्यस्तै सेन्सेटिभ इण्डेक्स २.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले गिरावट भएको छ।

बुधबार कारोबारमा आएका दुइ सय २६ कम्पनीको ४३ लाख ७९ हजार ४२ कित्ता शेयर १ अर्ब ९९ करोड ५९ लाख ६४ हजार ३८४ रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ। अघिल्लो दिन साढे २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको थियो। नेप्सेको १३ उपसमूह मध्ये ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ।

जसमा होटल तथा पर्यटन, अन्य उपसमूहको शेयर मूल्य  बढेको छ। बुधबार नेप्से गिरावट आए पनि नेश्डो लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

त्यस्तै, सोल्टी होटलको ३.९९ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ३.९४ प्रतिशत र युनाइटेड इदी मर्दी हाइड्रोपावरको २.३० प्रतिशतले बढेको छ। त्यस्तै इमर्जीङ्ग नेपालको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत र राष्ट्र उत्थान लघुवित्तको ५.४७ प्रतिशतले गिरावट आएको छ।

बुधबार कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।राष्ट्र उत्थान लघुवित्तको ९ करोड ४ लाख, नविल बैंकको ६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.