पछिहटे लालबाबु पण्डित र जीवन घिमिरे

|

विराटनगर : नेकपा (एमाले)ले मोरङको विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ।

एमाले विराटनगर महानगर कमिटीको शनिबार बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरेको हो। प्रमुखको उम्मेदवारमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ।

यस्तै उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको एमाले विराटनगर महानगरपालिका कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए।

महानगर प्रमुखको आकांक्षी भनी चर्चामा रहेका पूर्वमन्त्री लालबाबु पण्डित र प्रदेश १ सरकारका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेको भने सिफारिस भएन। पण्डित र घिमिरेले नै उम्मेदवारीका लागि नाम सिफारिस नगर्नु भनेकाले सिफारिस नगरिएको एमाले स्रोतले जनाएको छ।

यस्तै‚ बैठकले तीनवटा वडाअध्यक्षसहित सदस्य उम्मेदवारहरूको समेत नाम टुंगो लगाएको छ। वडा नम्बर १०, ११ र १९ को उम्मेदवारी सर्वसम्मतिले टुंग्याएको अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार वडा नम्बर १० मा अर्जुन गिरी, वडा नम्बर ११ मा तिर्थेन्द्र न्यौपाने र वडा नम्बर १९ मा श्याम घिमिरेलाई उम्मेदवारी बनाउने सर्वसम्मत निर्णय भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.