|

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।

हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ। 

उपविजेता झापा गाउँपालिकाले नगद ६१ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगितामा विजयी टिमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्वी कमाण्ड हिलेका प्रमुख सेनानी दिपक गुरुङ, जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारी, सशस्त्र प्रहरी बल धनकुटाका एसपी रामचन्द्र श्रेष्ठ लगायतले विजयी खेलाडीलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

हिले भलिबल क्लबको आयोजनामा भएको प्रतियोगितामा साँगुरीगढी गाउँपालिका धनकुटा, चुलाचुली गाउँपालिका इलाम, चौबिसे गाउँपालिका धनकुटा, आमचोक गाउँपालिका भोजपुर र सभापोखरी गाउँपालिका संखुवासभा गरी ८ वटा टिमले भाग लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.