|

हेटौंडा : बागमती प्रदेशको सबै स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गरेर जाने सहमति भएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेशमा रहेका सबै स्थानीय तहमा आवश्यकता र औचित्यअनुसार मिलेर जाने पाँचदलीय गठबन्धनमा सहमति बनेको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले यस्तो सहमति गरेको जनाइएको छ।

बैठकमा प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको पाँचदलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमुखको उपस्थिति रहेको थियो।

यसअघि बागमती प्रदेशका पाँचदलीय गठबन्धनले आ–आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी गरेको सचिव नेपालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.