|

मेक्सिकोमा एकै परिवारका आठ जना सदस्यको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको त्यहाँको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

सोमबार भएको सो हत्यामा ४ बालबालिका रहेका छन्।  हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। अधिकारीहरुका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा मृत्यु भएको छ भने एक जनाको भने अस्पतालमा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.