|

जनकपुरधाम : मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको घोषणा गरेका छन्।

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए।

सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेको जानकारी गराए।

प्रदेशसभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि शुरु भएको थियो। चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएका छन् भने चारवटा विधेयक पारित भएका छन्। त्यस्तै एउटा विधेयक प्रमाणीकरण भएको छ।

आठौँ अधिवेशनमा मंगलबारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.