|

जुम्ला : जुम्लामा  विद्युत सेवा अवरुद्ध भएको छ।

दुई दिनदेखि विद्युत नआउँदा यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन्।

जुम्लामा  राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनि  पटकपटक अवरुद्ध हुँदा  यहाँका नागरिक अँध्यारोमा बस्न बाध्य भएका हुन्।

दैलेख, कालिकोट खण्डमा विद्युत प्रसारण लाइनमा खराबी आएपछि विजुली अवरुद्ध भएको  विद्युत प्राधिकरणले बताएको छ।

कालिकोट देखि जुम्ला ११ केभी ए राष्ट्रिय विद्युत प्रसारण लाइन जडान भएको  छ। तर, पटक पटक बिग्रने भएका कारण जुम्लीले विजुली आपूर्तिको समस्या भाेग्दै आएका हुन्।
३३ केभी ए लाइन जुम्ला नपुगेसम्म विजुली आपूर्तिमा समस्या आइरहने नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन्।

दुई दिनदेखि विजुली आपूर्ति नहुँदा स्थानीय बासीले मोवाइल चार्ज पनि गर्न पाएका छैनन्। 

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले  विद्युत प्रसारण लाइन मर्मत कार्य जारी  रहेको बताए।

यहाँ उत्पादित विजुलीको क्षमताले सवै ठाउँमा धान्न सकेको छैन्।

उनले भने ,‘जुम्लामा उत्पादन भएको घघुत्ती पावरहाउसबाट भ्याससम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, टुँडिखेल, बजार, विजयनगर क्षेत्रमा लाइन सञ्चालन गर्ने तयारीमा छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.