|

काठमाडौं :  काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ जना ट्राफिक कार्यालय सहयोगीहरूलाई खादा लगाएर सम्मान गरेको छ।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतमा कार्यरत ४२ जना कार्यालय सहयोगीलाई विभिन्न तहमा स्तर निर्धारण भएको जानकारी दिए।

एसएसपी जोशीले उक्त प्रहरी कर्मचारीसँग अन्तरक्रियासमेत गरेका थिए। एसएसपी जोशीले बधाई दिँदै आगामी दिनमा कार्यालय तथा संगठनको गरिमा उच्च पार्न थप इमान्दार, क्रियाशील र समर्पित भइ सेवा गर्न निर्देशनसमेत दिए।

उनले नेपाल प्रहरीको श्रेणीविहीन पदमा रही लामो समयदेखि कार्यालयको कामकारबाहीमा सहयोग गरिरहेका प्रहरी कर्मचारीको स्तर निर्धारण हुँदा कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै काम गर्ने प्रहरी कर्मचारीमा थप उत्प्रेरणा र मनोबल उच्च भएको पनि बताए।

उक्त ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ५ जना पञ्चम स्तर, ११ जना चतुर्थ स्तर, १३ जना तृतीय स्तर, ८ जना द्वितीय स्तर र ४ जना प्रथममा स्तर निर्धारण भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.