|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३४२ जनामा गरिएको परीक्षणमा ४ जना संक्रमित भेटिएका हुन्।

आज ४४ जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण हुने मृत्यु आज पनि शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४७९ जना सक्रिय संक्रमित छन् भने देशभर १३ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्। 

हाल देशभर लक्षित जनसंख्याको ९४ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.