|

तनहुँ : व्यास नगरपालिका कार्यालय तनहुँले पहिलो पटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने भएको छ।

सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिनेछ। 

उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्ध सिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकोले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ।

महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठा शौचालयमा रहेका छन्।

त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु परेकाले घुम्ती शौचालय राख्न लागिएको नगरपालिकाका वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए।

उक्त शौचालय रु चार लाख ९८ हजारको लागतमा ल्याइएको हो।

उनले भने, 'तत्कालै स्थानीय टोल विकास संस्थासँग समन्वय गरी व्यवस्थित गर्ने योजना बनाएका छौँ।'

घुम्ती सेवा भएकाले आवश्यकता अनुरुप अन्य स्थानमा लैजान सकिने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.