|

सुर्खेत : कर्णाली प्रदेशका सत्तारूढ दलहरुले आज भागबण्डाको लागि निर्णयक छलफल सुरु गरेका छन्। कर्णालीका सबै जिल्लामा आज गठबन्धनको बैठक सुरु भएको नेकपा  माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए।

डोल्पालगायत अन्य केही जिल्लामा समस्या भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए। रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्या देखिएको छ।

सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइ गरेको अन्य सत्तारुढ दलको आरोप छ। आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ।

त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा गएको छन्।

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा रहेको छन्। पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटमा रहेका छन्। कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीछिरीङ डम्डुल लामा कार्चेन हुम्लामा रहेका छन्।

कांग्रेस नेताहरुले आज बिहानसम्म आफ्नो दलभित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए। कांग्रेसका केन्द्रीयस्तरका नेताहरु जिल्ला, जिल्लामा खटिएका छन्।

केन्द्रीय स्कुलर अनुसार नै मतभारका साथै अन्य कुराहरु हेरेर छलफल सुरु भएको उनले बताए।

प्रतिपक्ष दल नेकपा एमालले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ। बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कंडेलले बताए।

भोलि अर्थात् वैशाख ३ गते भित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतीको खाका पठाउने छन्। जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर वैशाख ५ गते भित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनभित्र म्यान्डेट रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.