|

हेटौंडा : नेकपा एकीकृत समाजवादी पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा दुईजनाको नाम सिफारिस गरेको छ।  

हेटौँडा उपमहानगरपालिका कमिटीको बैठकले उपमहानगरपालिकाको मेयरमा बहालवाला उपमेयर मिना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको हो। 

बैठकले मेयरमा लामा र पोखरेलसहित उपमेयर तथा वडाध्यक्ष पदका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ। बैठकले हेटौंडाको उपमेयर पदको उम्मेदवारको रूपमा ध्रुव भुजेल, तिलक अधिकारी,  तारा ढुङ्गाना लामा र कविन पन्तको नाम सिफारिस गरेको छ। यस्तै १९ वटै वडाबाट अध्यक्षका उम्मेदवार पनि नगर कमिटीबाट जिल्ला कमिटीमा सिफारिस भएका छन्। 

गठबन्धनबाट चुनाव लड्ने केन्द्रीय गठबन्धनको सहमति भए पनि पार्टीका तर्फबाट वडादेखि उपमहानगरसम्मको नेतृत्व लिन उम्मेदवारको नामबारे निर्णय भएको जनाइएको छ।  यस्तै गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई जिताउन एकीकृत समाजवादी एकढिक्का भएर लाग्ने निर्णय पनि गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.