|

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।

मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए।

मेयरका लागि  जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको महानगर समितिले जनाएको छ।

यस्तै, उप-मेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ।

केन्द्रले नै महानगरको भागबण्डा टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको छ।

गठबन्धनमै रहेका दलहरूले कांग्रेसले दोहोरो चरित्र देखाउन थालेको आरोप लगाउन थालेका छन्। महानगर समितिले यसअघि नै मोरङमा गठबन्धन नगर्ने निर्णय गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.