|
फाइल फोटो

काठमाडौं  : लुक्लाका लागि उडेको समिट एयरको विमान ४५ मिनेटमै काठमाडौं फर्किएको छ। बायाँ इन्जिनमा समस्या देखिएपछि केहीबेरमै काठमाडौं फर्किएर सकुशल अवतरण गरेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार कलसाइन ९ एनए - एमपी विमान बिहान ११ बजे उडेको थियो।

उड्नेबित्तिकै बायाँ इन्जिनमा समस्या आएपछि एउटा इन्जिनको भरमा पाइलटले ११ : ४५  बजे सकुशल अवतरण गराएको हो। विमान अवतरणको समयमा दमकल सहित सुरक्षा प्रबन्ध तयारी अवस्थामा राखिएको थियो।

उक्त विमानमा तीनजना चालक दलका सदस्य सहित १८ जना सवार थिए। तीमध्ये १० जना विदेशी र पाँचजना नेपाली रहेका थिए। उनीहरूलाई केहीबेरमै अर्को विमानबाट पठाउने तयारी गरिएको प्रवक्ता सिटौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.