|

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नकै लागि गठबन्धन गर्ने कुरा पार्टी हितमा नरहेको बताएका छन्। 

नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव जितिसके पछि बहुमत नपुग्दा तालमेल गरेर सरकार बनाउने कुरा संसदीय प्रणालीमा स्वाभाविक भए पनि निर्वाचन अघि तालमेल गरेर जित्नकै लागि चुनावमा जाने कुरा स्वाभाविक नभएको बताएका हुन्। 

उनले  कांग्रेसका देश भरिका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको पनि बताए। ‘नेपाली कांग्रेसका देशै भरिका साथीहरू कोही पनि तालमेलको पक्षमा हुनुहुन्न, पार्टीका साथीहरू पनि हुनुहुन्न, समर्थक पनि हुनुहुन्न, शुभचिन्तक पनि हुनुहुन्न, मतदाता पनि हुनुहुन्न’, थापा भने। 

राजनीति विचारसँग जोडिएको विषय भन्दै उनले बरु निर्वाचनमा हार बेहोर्न तयार हुनुपर्ने तर विचार त्याग्न नसकिने प्रष्ट पारे।  पार्टीका तलका समितिले यस्तो निर्णय गर्दा गर्दै जबरजस्ती मिलेर जानुपर्छ भन्ने कुराले पार्टीको हित नहुने थापाको दाबी छ। यसमा पार्टी नेतृत्वले सोच्ने बेला आएको पनि उनको भनाइ छ। 

गठबन्धनकै कारण उम्मेदवारको निर्णय गर्न समेत ढिलाइ भएको थापाको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.