|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले भरतपुर महानगरपालिका नै चाहिने अडान गठबन्धनमा नराखेका बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेनु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्। 

‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, 'भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा पर्ने होला। काठमाडौं,  बिराटनगर, भरतपुर जे भए पनि हुन्छ भनेको छु।’

उनले अहिले नेतृत्व लिइराखेको र अलि बढी सहज हुने भएकाले भरतपुर हुँदा सहज हुने उनको भनाइ छ। 

‘रेनुले जितेको र भरतपुरमा अहिले नेतृत्व लिइराखेको अवस्था भएकाले भरतपुर भए हुन्छ भनेको हो ।, प्रचण्डले थपे, कांग्रेसका धेरैलाई पनि माओवादीलाई भरतपुर नै दिनुपर्छ भन्ने छ, केहीले मात्रै विरोध गरेका हुन्।’

अहिले महानगर प्रमुख रहेकी प्रचण्डकी छोरी रेनु दाहाललाई दोहोर्‍याउने माओवादीको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.