|

काठमाडौं : स्पेनिस लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोना रेलिगेशन जोन रहेको काडिजसँग अप्रत्यासित हारको सिकार भएको छ। शीर्ष स्थानको रियलसँग अंक दुरी घटाउँदै उपाधि होडमा धक्का दिने ध्याउनमा रहेको बार्सिलोना घरेलु मैदानमानै काडिज सँग १-० ले पराजित हुन पुग्यो।

बार्सिलोनालाई हराएसँगै काडिजले भने अन्तिमको तीन स्थान छोड्दै १६ औं स्थानमा उक्लिन सफल भयो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा काडिजले पेरेजको गोलमार्फत ४८ औं मिनेटमा अग्रता लिएको थियो। जुन अग्रतालाई जोगाउन सक्दा उसले संभावित रेलिगेशन दबाब कम गर्न सफल भयो।

बार्सिलोना केहि दिन अगाडि मात्र फ्र्यान्कफर्टसँग पराजित हुन पुगेको थियो। पछिल्लो हप्ता बार्सिलोना खराव लयबाट गुज्रिएको थियो। जाभिको आगमनसँगै आक्रामक देखिएको बार्सिलोनाले गत महिना बर्नेबाउमा भएको खेलमा लिग लिडर रियल म्याड्रिडलाई ४-० ले पराजित गर्दै आफ्नो रवाफिलो प्रदर्शनको झल्को दिएको थियो।

हारपछि पनि बार्सिलोना ६० अंकका साथ दोस्रो स्थानमा कायम छ। उसले शीर्ष स्थानको रियल भन्दा अझै दुई खेल कम खेलेको छ। बार्सिलोनाले सोमबार पनि काडिजमाथि एकतर्फी आक्रमण गरेको थियो। ७५ प्रतिशत बल पोसेसनमा राखेको उसले आधा दर्जन बढी प्रहार टार्गेटमा राखेपनि गोल गर्न भने असफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.