|

जनकपुरधाम : बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका अधिकांश मतदानस्थल ‘अति संवेदनशील’ सूचीमा रहेका छन्।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले गरेको वर्गीकरण अनुसार अधिकांश मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएकाे हाे।

मधेश प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा समावेश गरिएको छ भने संवेदनशील मतदान केन्द्र ८ सय ८८ वटा रहेका छन्।

त्यस्तै, सामान्य मतदान केन्द्रको संख्या २ सय १२ रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

सप्तरीमा २ सय ८, सिरहामा १ सय ७०, धनुषामा १ सय ८३, महोत्तरीमा १ सय १०, सर्लाहीमा १ सय ३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील मानिएका हुन्।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा १ सय १६, महोत्तरीमा १ सय ४५, सर्लाहीमा १ सय ८४, रौतहटमा १ सय १९, बारामा १ सय ८ र पर्सामा ८५ वटा मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको हो।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदान स्थल सामान्य सूचीमा रहेको मधेश प्रदेश प्रहरी कार्यालयले  जानकारी दिएकाे छ।

विगतको चुनावमा निर्वाचन बिथोलिएको र झडपसमेत भएका मतदान स्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेका छन्।

विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सीमानाबाट हतियार ओसारपसार हुँदा आउन सक्ने सुरक्षा चुनौतिका कारण मधेशका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएकाे हाे।

सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.