|

काठमाडौं :  नेपालमा वर्षेनी लाखौँ पर्यटक नेपाल भ्रमण गर्नका लागि आउने गरेका छन्।  नेपाल भ्रमणमा आएका  कतिपय  मनोरम वातावरणमा रम्ने गरेका छन्। भने कतिपय पर्यटक हराउने गर्छन्। कतिपय लुटपाटमा पर्छन् भने कतिपय आफैं अपराधमा संलग्न हुने गरेका छन्। 

यसरी नेपाल भ्रमणका लागि आउने पर्यटकको सुरक्षाका सरकारले पर्यटन प्रहरी गठन गरेको छ। जसका लागि देश भरमा २ सय २७ जना प्रहरीको दरबन्दी रहेका छ। लाखौ पर्यटकको सुरक्षाका लागि तैनाथ रहेको सुरक्षाकर्मीको दरबन्दी थप गर्नुपर्ने सरोकारवाला निकायले बताउँदै आएका छन्।  

पर्यटकको समस्या समाधान गर्न सहयोग गर्नु पर्यटक प्रहरीको मुख्य काम भए पनि लाखौँ पर्यटकको सुरक्षा हेर्नु परिरहेको छ। एक्लो प्रयासबाट सम्भव नहुने भएकाले पर्यटक प्रहरीले अहिले स्थानीय तहको समेत समन्वय र खाँचो रहेको सरोकारवाला निकायले बताउँदै आएका छन्। 

आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि उपत्यकामा १० र देशभर १८ स्थानमा  पर्यटक प्रहरी परिचालन गरिएको छ। जसमा पर्यटकको संख्या बढी हुने अर्थात पर्यटकीय स्थलमा प्रहरी परिचालन गरिएको  प्रहरी नायव उपरिक्षक तर्क राज पाण्डेले  जानकारी दिए।

सिंगो पर्यटन क्षेत्रको  अर्थात पर्यटकको जिम्मेवारी २ सय २७ जना प्रहरीले गर्दै आएका छन्।  जसमा उपत्यकामा १० स्थान पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपमा, वसन्तपुर, पशुपति, पाटन, एअरपोर्ट,स्वयम्भू,ठमेल,बौद्ध,भक्तपुर र नगरकोटमा जना प्रहरी खटिएका छन्।

उपत्यकाबाहिर प्रदेश–१ मा काँकडभिट्टा  र लुक्लामा पर्यटक प्रहरी रहेका छन्। प्रदेश–२ को जानकी मन्दिर र वीरगञ्जमा बागमती प्रदेशमा सौराहा, पटिहानी र स्याँफ्रुबेसीमा  पर्यटक प्रहरी कार्यरत रहेका छन्।

त्यसैगरी, गण्डकी प्रदेशमा पोखरा,धम्पुस,बिरेठाँटी ,घान्द्रुक, बन्दिपुर चामे,जोमसोम,घोडे पानीमा पर्यटकको सुरक्षामा प्रहरी खटाइएको छ। लुम्बीनी र बेलहियामा रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रहरीको दरबन्दी नै नरहेको उपरिक्षक पाण्डेले जानकारी दिए। 

समस्यामा पर्यटक

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रलाई  करिब २ वर्ष ठप्प पार्‍यो।  विस्तारै लयमा फर्किदै गरेको पर्यटन क्षेत्रमा यतिबेला नेपाल भ्रमणमा आउने पर्यटकमा सुरक्षाको चुनौती देखिएको छ। सिमित  प्रहरीले  पर्यटकको सुरक्षा गरिरहेको उपरीक्षक पाण्डेको भनाइ छ। यतिवेला पर्यटक नपोल आउने समय छ।

 विगतको तुलनामा  पर्यटकको संख्या पनि वृद्धि भएको छ। तर सो अनुपातमा घटना भने नबढेको उनको दावी छ। पर्यटक प्रहरीले काम गरेको उनको भनाइ छ।  नेपाल घुम्ने क्रममा बाह्य पर्यटक मुख्य रूपमा ठगिने, दुर्व्यवहारमा पर्ने, लुटपाटको शिकार हुने लैंगिक हिंसामा पर्ने गरेका छन्। पर्यटकहरूले खासगरी भेदभाव, बार्गेनिङ गरेर अलपत्र पारिने, लागुपदार्थ सेवन तथा वेश्यावृत्तिमा उत्प्रेरित गर्ने र अनाधिकृत रकम उठाउने जस्ता समस्या भोग्नु परिरहेको छ।

चालु आर्थिक वर्षमा नेपाल पर्यटक प्रहरीको कार्यलयमा १ सय ५ वटा उजुरी दर्ता भएको छ। आर्थिक वर्ष ०७७/०७८ मा ७९ वटा उजुरी दर्ता भएको थियो। त्यस्तै गरी  आर्थिक वर्ष ०७६/०७७ मा  ५ सय ४० वटा उजुरी दर्ता भएको उपरिक्षक पाण्डेले जानकारी दिए। 

पर्यटकको सुरक्षामा २४ सै घण्टा तैनाथ रहेको पाण्डेको भनाइ छ। यति गर्दा गर्दै पनि  कतिपय स्थानका घटना घट्छन्।  ती घटना उजुरी आउनासाथ  आफूहरुले छानविन र अनुसन्धान गरिरहेको  गरेको उनको भनाइ छ।  हामीले पर्यटकीयस्थलमा विदेशी पर्यटकलाई सहजीकरण गर्ने,उनीहरूमाथि हुने आपराधिक क्रियाकलाप रोक्ने, पर्यटकीय क्षेत्रको सुरक्षा गर्ने, भाषाको समन्वय गर्ने, पर्यटकको उजुरीलाई छानविन तथा आवश्यक कारबाहीको काम गर्दै आएको पाण्डेको भनाइ छ। 

यस्तो पर्यटक प्रहरीको काम 

हाल पर्यटन प्रहरीले पर्यटन क्षेत्रमा गस्ती र पेट्रोलिङ गर्छ। इजाजत बेगर गाइड कार्य गर्नेमाथि नियन्त्रण गर्ने, पर्यटन विभागको निर्देशनमा होटल, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ एजेन्सीहरू निरीक्षण गर्ने पाण्डेले बताए।

विभिन्न ठाउँहरूमा अलपत्र परेका पर्यटकहरूलाई उद्धार गरी सम्बन्धित निकाय, दूतावास वा उनीहरूको आफन्तसँग सम्पर्क गराउने गरेका छौं। कोरोना समयमा नेपालभित्र अलपत्र परेका १ हजार ७ सय ५० जना विदेशी नागरिकलाई  उद्धार गरेका थियो। त्यस्तैगरी, अवैधानिक रूपमा नेपाल प्रवेश गरी बसेका नागरिकलाई  निगरानी गर्ने, र  पर्यटकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने काम गरेको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.