|

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् बैठक आज बस्दैछ। परिषद्को पहिलो बैठक आज बिहान ११ बजे शंखमुलस्थित एक पार्टी प्यालेसमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

एमालेले गत मंसिरमा अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गरेको थियो। एमालेमा उमेर हदका कारण पार्टीको सक्रिय राजनीतिमा नरहेका नेताहरु सल्लाहकार परिषदमा छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने सल्लाहकार परिषद्को आजको बैठकमा स्थानीय तहको आगामी निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने भएको छ। 

एमालेले विभिन्न स्थानीय तहबाट सिफारिस भएर आएका प्रमुख र उपप्रमुखको छनोट तीव्र पारेको छ। अधिकांश स्थानीय तहबाट प्रमुख र उपप्रमुख पदका लागि सिफारिस भइसके पनि उम्मेदवार चयनको काम भने सम्पन्न भइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.