|

काठमाडौं : छिमेकी देश भारत र चीनका केही राज्यमा कोभिड-१९ संक्रमण पुन: बढ्न थालेपछि सरकारले सीमा नाकामा थप सतर्कता अपनाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

बिहिबार मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोरोना संक्रमण भारत लगायतका छिमेकी देशमा पुनः बढ्न थालेको भन्दै नेपालमा पनि सचेत हुन आवश्यक रहेको बताइन्। उनले कोरोना संक्रमण कम भएको भए पनि जोखिम कायम नै रहेकाले अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, दूरी कायम गर्ने तथा सेनिटाइजरको प्रयोग सहित जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेकी छिन्।

मन्त्रालयले कोभिडविरुद्धको खोप पूर्ण रूपमा लगाउन र पूर्ण रूपमा लगाएको ३ महिना पुगेमा बुस्टर डोज लगाउन अनुरोध गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समय भारतलगायतका छिमेकी देश संक्रमण बढेका कारण, जनस्वास्थ्यका मापदण्ड पालना गरी कोभिडविरुद्धको खोप पूर्ण रूपमा लगाउन र खोप पूर्ण रूपमा लगाएको ३ महिना पुगेमा बुस्टर डोज लगाउन अनुरोध गर्छौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.