|

हेटौंडा : मेयरको टिकट पाएपछि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले पदबाट राजीनामा दिएकी छिन्। 

लामालाई नेकपा एकीकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा उठाउने भएको छ। शनिबार समाजवादीले लामालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले उपमेयर पदबाट राजीनामा दिएकी हुन्। 

लामाले मेयर हरिबहादुर महतसमक्ष राजीनामा बुझाइन्। २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस-माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन् ।

एमाले विभाजन हुँदा लामा समाजवादीतिर लागेकी हुन् ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.