‘महिलाको उम्मेदवारी सुनिश्चितताका लागि दलहरु आफैं सचेत हुनुपर्छ’

|

काठमाडौं : निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले गठबन्धन भन्ने नचिन्ने बताएका छन्।  

शनिबारको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘स्थानीय निर्वाचन सम्बन्धी कानुनमा गठबन्धन भन्ने शब्द छैन। कोही व्यक्तिले दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रको आधारमा उम्मेदवारी दर्ता हुन्छ। कहिले प्रवेश गर्‍याे? पार्टीमा भूमिका के थियो ? भन्ने आयोगले सरोकार राख्दैन। कुन दलबाट निर्वाचन लड्छ । त्यही दलको भन्ने निधो हुन्छ।’

कुनै दलबाट निर्वाचित भएको व्यक्तिलाई दलले पार्टी निर्णय विपरीत गएको भनेर आयोगलाई परिपत्र गरेको १५ दिनभित्र हटाउने उनले बताए। 

स्थानीय तह निर्वाचन ऐनले कुनै राजनीति दलले ५० प्रतिशत अधिकार महिलालाई दिनुपर्ने भन्ने कुरा स्पष्ट पारेको बताए। 

उनले भने, ‘कुनै दलले एउटा पदमा मात्रै उम्मेदवारी दिएमा यो लागू हुँदैन। एउटा मात्रै दिँदा महिलालाई नदिनु भनेको छैन एउटा मात्रै दिनु महिलालाई प्राथमिकताका दिनुस् भनेका छौँ। त्यसमा दलहरु आफैं सचेत हुनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.