|

धनकुटा : बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धनकुटाका ७ वटै स्थानीय तहबाट एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन्।

३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा माओवादी केन्द्र र नेपाली कांग्रेसले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्।

नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ।

प्रमुख वा उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी भएको जनाइएको छ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईका अनुसार गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भइसकेको छ।

वडामा छुट्टा छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेको जनाइएको छ।

जसअनुसार वडामा जुन पार्टीको अध्यक्ष हुन्छ सो ठाउँमा सोही पार्टीको चुनाव चिन्ह हुने भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.