|

सिन्धुपाल्चोक : नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी छाडेका छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट  निर्वाचित गाउँपालिका अध्यक्षमा श्रेष्ठले एमाले छाडेका हुन्। 

एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मेघनाथ पौडेललाई उम्मेदवार बनाएको छ। तर, पार्टीले मेघनाथ पौडेललाई टिकट दिएपछि एमालेसँगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका छन्।

फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म गाउँपालिका अध्यक्षसम्म भएँ। म यो पार्टीको काम र अध्यक्ष रहँदा निष्ठापूर्वक जनताको काम गरेको थिएँ। तर कही दिनभित्र हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताको लागि मेरो उम्मेदवारी दावी थियो।’

टिकट निश्चित भइसकेको अवस्थामा आफूलाई षड्यन्त्र गराएर हटाएको उनको आरोप छ। उनी एमाले राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य समेत थिए।

‘टिकटको निश्चित भएपछि षडयन्त्रपूर्वक झुट तरिकाले आरोप लगाई टिकट खोसिएको हुँदा म आजदेखि नेकपा एमालेको राष्ट्रिय महाधिवेशन सदस्य, प्रदेश कमिटि सदस्य तथा संगठित सदस्यबाट समेत राजीनामा गर्दै २८ बर्षको सम्बन्ध विच्छेद भएको घोषणा गर्दछु’ उनको भनाइ छ।

शनिबार मात्रै नेपाली कांग्रेसबाट जुगल गाउँपालिकामा प्रमुखका आकांक्षी जयबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका थिए। जुगलमा कांग्रेसबाट हिमाल श्रेष्ठले टिकट पाउने भएपछि उनी एमाले प्रवेश गरेका हुन्।

०७४ को निर्वाचनमा एमालेका होमनारायण श्रेष्ठसँग जयबहादुर १८१ मतले हारेका थिए।  एमालेका श्रेष्ठ २७१८ मतसहित विजयी हुँदा जयबहादुर लामाले २६३७ मत पाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.