|

काठमाडौं : बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ। आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखामा रहेको ट्यांकीकाे साँचो खोलेर पानी वितरणको उद्‍घाटन गरेका हुन्।

खानेपानी आयोजना सुरु भएको दुई दशकपछि ०७८चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आएको थियो।

 तर,गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेपछि पानी वितरणको काम रोकिएको थियो। 

१० ठाउँका ट्यांकीबाट पानी वितरण

(केयुकेएल) का निर्देशक मिलन शाक्यले पहिला ९ वटा ट्यांकीबाट पानी वितरण गरेकोमा अबदेखि १० ठाउँका ट्यांकीबाट पानी वितरण हुने जानकारी दिए। उनले भने,‘पहिला ९ वटा धाराबाट एक लाख ६० धाराबाट पानी वितरण भएको थियो,अब भने एक लाख ७५ धारामा पानी पठाउने छौँ।’

उनका अनुसार अहिले पनि दैनिक १७ करोड लिटर नै पानी वितरण गरिनेछ। गत वर्ष पानी वितरण गर्न नसकेको ठाउँलाई प्राथमिकता दिई समान ढंगले पानी वितरण गर्ने उनको भनाई छ। उनले तुरुन्तै पानी चुहावट भएको पाए मर्मत पनि गर्ने बताए।

​‘कुन बार कहाँ पानी वितरण गर्ने भनी हामी हाम्रो केयुकेएलको पेजमा राख्ने छौँ,त्यहाँ हेर्न सक्नुहुने छ,’उनले भने। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी प्रशोधन गरेर वितरण गरिएकाले पिउन योग्य रहेको बताए। 

वर्षामा बागमती नदीको वितरण गर्ने योजना

मेलम्ची पानी अस्थायी रुपमा मात्र ल्याइएको छ। वर्षातको बेला आयोजना क्षति रोक्न पानी बन्द गरिने खानेपानी मन्त्रालयले जनाएको छ। ‘असार–साउनको बेला बागमती नदीको पानी प्रशोधन गरेर वितरण गर्ने तयारी गरेका छौँ,पानीको समस्या समाधान गर्न अन्य वैकल्पिक स्रोतको पनि खोजी गरिरहेका छौँ,’खानेपानी मन्त्री चौधरीले भने।

उनका उनले क्षतिग्रस्त आयोजनाको मर्मत गरी उपत्यकाबासीलाई पानी खुवाउने सरकारको बाचा पूरा गरेको पनि उनले बताए। दीर्घकालीन मेलम्ची पानी सञ्चालन गर्न अहिले एसियाली विकास बैंकले आएको बाढी र पहिरोको कारण,स्थायी समस्या समाधानका लागि जलाधार संरक्षण गर्ने अध्ययन भएको उनले जानकारी दिए।

उनले भने,‘चाडै प्रतिवेदन प्राप्त गरि आवश्यक योजना बनाई कार्यान्वयन गरिने छ,त्यहाँ बाढी आउनुभन्दा पूर्व जानकारी दिन अर्ली एलट मेसिन जडान गरिएको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.