|

झापा : स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका झापा जिल्ला सचिवसहित तीन दर्जन भन्दा बढी कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

सत्तारुढ गठबन्धन तालमेलको विरोध गर्दै करिब ५ दशकदेखि पार्टीमा सक्रिय केन्द्रीय महाधिवेशन प्रतिनिधि एवं झापा कांग्रेसका सचिव दयानन्द गोस्वामीसहित करिब तीन दर्जन भन्दा बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनीहरूले आइतबार सामूहिक विज्ञप्ति निकाल्दै साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जनाएका छन्। 

जिल्लामा गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसका तर्फबाट बाह्रदशी गाउँपालिकाको अध्यक्ष खड्गप्रसाद राजवंशी र उपाध्यक्षमा माओवादी केन्द्रबाट लक्ष्मी तिवारीलाई उम्मेदवार बनाउने सहमति भएको थियो।

त्यसैको विरोधमा बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का कांग्रेसका सक्रिय सदस्यहरूले सामूहिक राजीनामा दिएका हुन्।   

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.