|

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यfलयले ७ करोड ठगी गरेर फरार रहेका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

गत पुस २ गते उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको रौतहट देवाही गोनाही नगरपालिका-३ का काठमाडौं नयाँ बानेश्वर बस्ने ४३ वर्षका मृत्युञ्जय जयसवाल पक्राउ परेका हुन्।

उपत्यका अपराध अनुसन्धान टोलीले जयसवाललाई अनामनगरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर काठमाडौं पठाइएको जनाएको छ। प्रहरीका अनुसार उनले विभिन्न ८ जना व्यक्तिहरूलाई प्रलोभनमा पारेर ७ करोड १३ लाख रूपैयाँ ठगी गरेको पाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.